ओमानविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल


काठमाण्डु – आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपालले ओमानविरुद्धको दोस्रो खेलमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ ।

ओमानको मस्कटस्थित अल अमेरात क्रिकेट मैदानमा नेपालले टस जितेर पहिला बलिङ रोजेको हो ।

नेपाली टिममा ओमानविरुद्ध दुई खेलाडी परिवर्तन गरिएको छ । अमेरिकाविरुद्ध डेब्यु गरेका गुल्शन झा र अर्का खेलाडी कुशल मल्ललाई बाहिर राखिएको छ । उनीहरूको स्थानमा शरद भेषवाकर र आरिफ शेखले स्थान बनाएका छन् ।

नेपालले अमेरिकालाई पहिलो खेलमा पराजित गरेको थियो भने ओमानसँग दोस्रो खेलमा पाँच विकेटले पराजित भएको थियो । पछिल्लो खेलमा नेपाल अमेरिकासँग ६ विकेटले पराजित भएको थियो ।

नेपाली टोली

कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल (कप्तान), सन्दीप लामिछाने, करण केसी, विनोद भण्डारी, सोमपाल कामी, रोहितकुमार पौडेल, शरद भेषवाकर, सुशान भारी र आरिफ शेख ।

प्रतिक्रिया दिनुहोस
Advertisement