महिला विश्वकप क्रिकेट : नेपालद्वारा चीन ५ रनले पराजित


काठमाडौँ – नेपालले चीनलार्ई पराजित गर्दै आइसीसी महिला विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत एशिया छनोटमा चौथोे जित दर्ता गराएको छ । थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा सोमबार भएको पाँचौँ खेलमा नेपालले चीनलाई पाँच रनले हराएको हो । टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७७ रन बनाएको थियो ।

अठहत्तर रनको विजय लक्ष्य पछ्याउने क्रममा चीनले २० ओभर खेल्दै ६ विकेट गुमाएर ७२ रन बनायो । चीनका लागि झान मेईले सर्वाधिक ३३ रन तथा सियोन झौले १८ रन जोडिन् । बलिङतर्फ नेपाललकी सीता राना मगरले तीन तथा कृष्ण कु‌वरले १ विकेट लिइन ।

त्यसअघि ब्याटिङ गर्दै नेपालका लागि काजल श्रेष्ठले सर्वाधिक १८ रन, सीता राना मगरले ११, बिन्दु रावलले १०, इन्दु बर्माले ८, नेरी थापाले अविजित ७ रन तथा सरिता मगरले ६ रन जोडिन । बलिङतर्फ चीनकी वाङ मेङ र हान लिलीले दुई÷दुई विकेट लिइन् । जीतसँगै नेपाल ८ अङ्कसहित तेस्रो स्थानमा छ । नेपालले बुधबार कुवेतसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement