राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक प्रभाकरले दिए राजीनामा


काठमाण्डु – नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले पदबाट राजीनामा दिएका छन् । चार महिनाअघि नेपालको प्रशिक्षक नियुक्त भएका भारतीय पूर्व क्रिकेटर प्रभाकरले डिसेम्बर १५ देखि लागू हुने गरी राजीनामा दिएको र स्वीकृत भइसकेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

चार महिनाअघि नेपालको प्रशिक्षक नियुक्त भएका भारतीय पूर्व क्रिकेटर प्रभाकरले आज देखि लागू हुने गरी राजीनामा दिएको क्यानले जनाएको हो। मुख्य प्रशिक्षक प्रभाकरसँग क्यानले एक वर्षको सम्झौता गरेको थियो।

प्रतिक्रिया दिनुहोस
Advertisement