क्रिकेट रंगशाला गोदावरीमा बनाउने धुर्मुस-सुन्तली फाउन्डेसनको निर्णय, मन्त्रीलाई बुझाइयो प्रस्ताव


काठमाडौं – क्रिकेट रंगशाला निर्माणका लागि ललितपुरको गोदावरीमा रहेको जग्गा फाइनल गर्दै धुर्मुस-सुन्तली फाउन्डेसनले खेलकुद मन्त्रालयमा बिहीबार औपचारिक प्रस्तावना पेश गरेको छ ।

काठमाडौंको कीर्तिपुर, मूलपानी, चोभार तथा पोखरा, चितवन, भैरहवालगायतका स्थानहरुको जग्गा अध्ययन र अवलोकन  गरेपछि सबै हिसाबले गोदावरीको जग्गा उपयुक्त देखिएको भन्दै सो ठाउँको प्रस्ताव पेश गरेको हो ।

धुर्मुसको प्राविधिक टिमले गोदावरीस्थित १ सय २८ रोपनी जग्गा अहिलेसम्म हेरिएकामध्ये उत्कृष्ट रहेको जनाएको छ ।  फाउन्डेसनले जग्गा प्राप्तिपछि रंगशाला शिलान्यास भएको डेढदेखि दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement