तरुण दलका नेताद्धारा धुर्मुस सुन्तली फाउण्डेसनलाई आर्थिक सहयोग


सुर्खेत – नेपाल तरुण दलका जिल्ला अध्यक्ष एवं कलाकार हरि विष्टले जन्मदिनका अवसरमा धुर्मुस–सुन्तली फाउण्डेसनलाई ५१ हजार १११ सहयोग गरेका छन् । उनले फाउण्डेसनद्वारा चितवनमा निर्माणाधीन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको सहयोगार्थ उक्त रकम प्रदान गरेका हुन् ।

उनले जन्मदिनका अवसरमा होटलमा फजूल खर्च गर्नुभन्दा विकास निर्माणमा लगानी गर्न उपयुक्त लागेको बताए । फाउण्डेसनको बैँक खातामा सो रकम जम्मा गरेको कलाकार विष्टले जानकारी दिए । साथै, उनले सुर्खेत उद्योग वाणिज्य सङ्घको व्यावसायिक राहत अक्षयकोषलाई पनि सहयोगस्वरुप ५१ हजार १११ प्रदान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement