चितवन क्रिकेट रंगशालाका लागि बागमती प्रदेशले ७० प्रतिशत बजेट दिने


चितवन – गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निमाण अघि बढाउन बागमती प्रदेश सरकारले चासो दिएको छ।

रंगशाला निमार्णका लागि प्रदेश सरकारले नै बजेट सुनिश्चितता गर्ने भएको छ। बागमती प्रदेशका आर्थिक मामिला मन्त्री बहादुर सिंह लामा र स्वास्थ्य मन्त्री उत्तम जोशीले रंगशालाको स्थलगत निरिक्षण गरे पछि बजेट सुनिश्चितताकाे प्रकिया अघि बढेकाे हाे।

अवलोकन गरेपछि अर्थमन्त्री लामाले बजेट विनियोजनको प्रतिवद्धता जनाएका छन्। प्रदेश सरकारले ७० प्रतिशत बजेट हाल्ने बताएका छन्। अलपत्र परेको रंगशालाको निरीक्षण पछि उनले निमार्ण प्रकृया पुरा गर्न प्रदेश सरकार बजेटका लागि सकारात्मक रहेको बताएका छन्।

भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाललाई रंगशालामा बजेट पार्ने विश्वास दिलाएका छन्। ‘देशकै गौरवको आयोजना प्रदेशमा छ, यसलाई पूरा गर्नु सबैको दायित्व हो,’ लामाले भने, ‘ रंगशाला निमार्णमा प्रदेश सरकारको चासो छ।’

‘हामी बजेट सुनिश्चितता गरेरै अघि बढ्छौ, ढुक्क हुनुस्।’ मन्त्री जोशीले रंगशाला निमार्णको लागि अर्थमन्त्रीलाई आग्रह गरेका थिए। गृह जिल्लामा भएको परियोजनाका लागी आफूले प्रदेश सरकारमा पहल गरेको बताए।

‘रंगशाला निमार्णमा चासो मात्रै होइन सक्रियता पनि उत्तिकै छ, मुख्यमन्त्री नै यसमा सकारात्मक हुनुहुन्छ,’ मन्त्री जोशीले भने, ‘यसपटक बजेटबाटै सम्बोधन हुने निश्चित नै छ।’ महानगरपालिका प्रमुख रेनु दाहालले रंगशालाको भौतिक र आर्थिक अवस्थाबारे जानकारी गराएकी थिइन्।

उनले बजेटको ब्यवस्था भए अन्तराराष्ट्रिय क्रिकेट रंगशाला निमार्णले गति लिने बताइन्। ‘समग्र मुलुकको गौरवको आयोजना बजेट कै कारण रोकिएको हो। यसलाई पूरा गर्न प्रदेश सरकारसँग हामीले ठूलो आशा गरेका छौं,’ दाहालले भनिन्, ‘मन्त्रीज्यूबाट सकारात्मक आश्वासन पाएका छाैं। आशा छ रंगशालामा प्रदेश सरकारले राम्रो निर्णय गर्नेछ।’

उपप्रमुख चित्रसेन अधिकारीले रंगशाला निमार्णमा पाएको आश्वासनले आशा जगाएको बताए। मन्त्री लामासँगै नेपाली काँग्रेसका केन्द्रीय सदस्य टेक प्रसाद गुरुङ, बागमती प्रदेश सभा सदस्य गिता गुरुङ, माया श्रेष्ठ , भरतपुर महानगरपालिका १५ का वडा अध्यक्ष श्रीकृष्ण देवकोटा पनि रंगशाला पुगेका थिए।

प्रतिक्रिया दिनुहोस
Advertisement