क्रिकेट : तेस्रो टेस्ट भारतले २०३ रनले जित्यो


नटिङ्घम  – भारत र इङ्ल्यान्डबीच ट्रेन्टब्रीजमा खेलिएको तेस्रो टेस्ट क्रिकेट म्याचमा भारतले इङ्ल्यान्डलाई २०३ रनले पराजित गरेको छ ।

जितका लागि ५२१ रनको विशाल लक्ष्य पाएको इङ्ल्यान्डको टोली दोस्रो इनिङमा ३१७ रनमै समेटिएको थियो । भारतका लागि जसप्रित बुमराहले ५ विकेट लिएका थिए भने इसान्त शर्माले २ विकेट लिए । त्यसैगरी रविचन्द्र अश्विन, मोहमद शामी र हार्दिक पान्ड्याले एकएक विकेट लिएका थिए ।

पहिलो इनिङमा भारतले ३२९ रन बनाएको थियो भने इङ्ल्यान्डले केबल १६१ रनमात्र बनाएको थियो । दोस्रो इनिङमा भारतले ७ विकेटको क्षतिमा ३५२ रन बनाई इनिङ समाप्तिको घोषणा गरेको थियो ।

भारतका तर्फबाट कप्तान बिराट कोहलीले पहिलो इनिङमा ९७ रन र दोस्रो इनिङमा १०३ रन बनाएका थिए । इङ्ल्यान्डका तर्फबाट दोस्रो इनिङमा जस बट्लरले १०६ रनको महत्वपूर्ण योगदान गरेका थिए । पाँच म्याचको यस शृङ्खलामा इङ्ल्यान्डले २ र भारतले १ खेल जितेका छन् । अरु दुई खेल साउथाम्टन र लन्डनमा खेलिनेछन् । रएएफपी)

प्रतिक्रिया दिनुहोस
Advertisement