युगान्डासँग टी–ट्वान्टी सिरिज खेल्ने महिला टोलीको घोषणा, को-को समेटिए ?


काठमाण्डु – युगान्डाविरुद्ध टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज खेल्ने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा भएको छ । बुधबार नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जेठमा घरेलु मैदानमा हुने टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजका लागि रुबिना क्षेत्रीको कप्तानीमा टोलीको घोषणा गरेको हो ।

टोलीमा रुबिना क्षेत्रीसहित सीता राना मगर, इन्दु वर्मा, काजल श्रेष्ठ, करुणा भण्डारी, सरिता राना मगर, कविता कुँवर, अप्सरी बेगम, सरस्वती चौधरी,ममता चौधरी,अश्मिना कर्माचार्य,सुमन खतिवडा,संगीता राई, कविता जोशी,रोमा थापा,ज्योति पाण्डे,सबनम राई,बिन्दु रावल,इश्वरी विष्ट,डोली भट्ट,हिरणमायी रोय र ऋतु कनोजिया रहेका छन् ।

त्रिवि क्रिकेट मैदानमा हुने सिरिज पाँच खेलको हुनेछ । नेपाल र युगान्डाबीचको पहिलो टी–ट्वान्टी जेठ २ गते हुनेछ । २ गतेबाट सुरु भएको खेल जेठ ७ मा सकिनेछ । पहिलो टी–२० जेठ २ मा, दोस्रो ३ जेठ, तेस्रो ५ जेठ, चौथो जेठ ६ गते र अन्तिम खेल ७ जेठमा हुनेछ । सबै खेलहरू दिउँस १ बजे सुरू हुने क्यानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement