खेलकुद

महिला टी-२० छनोट :थाइल्याण्डसँग नेपाल ५७ रनले पराजित

एजेन्सी – आइसीसी महिला टी-२०एकदिवसीय विश्वकपअन्तर्गत एसिया क्षेत्रीय छनोटको खेलमा नेपाल थाइल्याण्डसँग ५७ रनले पराजित भएको छ । बिहीबार बिहान भएको खेलमा नेपाल ५७ रनले पराजित भएको हो ।

Dish Home

टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले २० ओभरमा ७ विकेट गुमाएर एक सय २४ रन बनायो । उसका लागि ओपनर नाइमुइ चेइवइ ३२, बोचाथम १२ रन, चनीदा सुथिरुंगाले ३५ रन बनाइन् । यस्तै वोङपाकाले २८ रनको योगदान गरिन् ।

अन्तिम ओभरमा नेपाली कप्तान रुवीना क्षेत्रीले दुई विकेट लिइन् । उनी बाहेक बलिङमा नेपालका लागि नेरी थापा र कविता कुवँर दुई–दुई विकेट लिइन भने करुणा भण्डारीले एक विकेट लिइन् ।

जवाफमा नेपाल २० ओभरमा आठ विकेट गुमाउँदा ६७ रनमा रोकियो । दुई रन हुँदा दुई विकेट गुमाएको नेपालले आठ रन जोड्दा तेस्रो विकेट गुमायो । ओपनर काजल श्रेष्ठ र रोमा थापा मात्र एक(एक रनमा आउट भइन् भने कप्तान रुवीना क्षेत्री तीन रनमा पेभेलियन फर्किइन् ।

त्यसपछि चौथो विकेटका लागि इन्दु बर्मा र सरिता राना मगरले ४६ रनको साझेदारी गर्दै टिमको पारी सम्हाल्ने प्रयास गरेका थिए । तर इन्दु २९ र सिता १८ रनमा आउट भएपछि नेपालले ५६ रनमा ५ विकेट गुमायो । त्यसपछि नेपालका कुनै पनि खेलाडी धेरै बेर क्रिजमा टिक्न सकेनन् । यो प्रतियोगिताको शीर्ष स्थानमा रहने टिमले मात्र विश्वकप छनोटको अन्तिम चरणमा प्रवेश गर्नेछ ।

Comments

comments

Tags

Now Get KathmanduPati App on your mobiles.

Android AppiOS App
ad

धेरै पढिएको समाचार

Vianet
Civil
Prabhu Bank
Shivam Cement
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Salt Trading
Muktinath Development Bank
Nepal Vidhyapith

Now get KathmanduPati App on your mobiles.

Android AppiOS App
Scroll to Top