वेस्ट इन्डिजविरुद्ध नेपालले पहिले फिल्डिङ गर्न


काठमाण्डु- वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो टी-२० खेलमा नेपालले पहिलो फिल्डिङ गर्ने भएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा वेस्ट इन्डिजले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो ।

पाँचवटा टी-२० खेलको शृंखला हाल १-१ को बराबरीमा छ । शृंखलाको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई चार विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा भने भ्रमणकारी टोली वेस्ट इन्डिजले नेपालमाथि १० रनको रोमाञ्चक जित हासिल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement