कीर्तिपुर हत्या प्रकरण : २ दिनअघि हिरासतबाट छुटेका व्यक्ति पनि जोडिए

कीर्तिपुर हत्या प्रकरण : २ दिनअघि हिरासतबाट छुटेका व्यक्ति पनि जोडिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- कीर्तिपुरमा बुधबार दिउँसो २४ वर्षीय गुल्मी धुर्कोट घर भएका विपिन घिमिरेकाे धारिलो हतियार प्रहार गरी हत्या भएकाे थियो । सो घटनामा सोधपुछ तथा अनुसन्धानका लागि तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार आक्रमण गर्ने र मृत्यु हुने साथी साथी रहेको भनाइ छ । उनीहरुविच विवाद बढेपछि घटना घटेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा घटनास्थलमा हुनेहरुमा केही दिनअघि मात्रै हिरासतबाट छुटेको व्यति समेत देखिएको प्रहरीले बताएको छ ।

हत्यामा संलग्न हुनेहरुको पहिचान भइसकेको र उनीहरुको नाम ठेगाना सबै विवरणहरु पत्ता लागिसकोको प्रहरीको भनाई छ । दाेषी पक्राउ पर्न बाँकी नै रहेकोले घटनाबारे विस्तृत विवरणभने सार्वजनिक गरेको छैन ।

घटनाको अनुसन्धान तथा दाेषी पक्राउका लागि काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु, जिल्ला प्रहरी परिसर भद्रकाली प्रहरी वृत कीर्तिपुरको समेत टोली परिचालन भएका छन् । घटना भएको करिब २४ घण्टा बित्दासमेत मुख्य अभियुक्तहरू पक्राउ परेका छैनन् ।

मुख्य अभियुक्तहरू पक्राउ परेपछिमात्र हत्याको कारण पत्ता लाग्ने प्रहरीको भनाइ छ ।