अनाधिकृत रुपमा फिल्म पाईरेसी गर्ने ब्यक्ति पक्राउ


काठमाण्डु – अनाधिकृत रुपमा नेपाली चलचित्र बिक्रि वितरण गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाले अनाधिकृत रुपमा फिल्म पाईरेसी गरेको आरोपमा लमजुङ बेशीसहरका २५ वर्षिय सुजन परियारलाई पक्राउ गरेको हो ।

परियारले थ्री सिक्टि वान डिग्री मिडियाले सिनेमाघर एपको माध्यमबाट बिक्रि विरतण गर्दै आईरहेको नेपाली चलचित्रहरु अनाधिकृत रुपमा ईन्टरनेटको माध्यामबाट चलचित्रहरु सामाजिक संजाल यू ट्युव, टेलिग्राफमा अपलोड गरी बजारमा बिक्री वितरण र प्रकाशन गरेका थिए ।

उनलाई पक्राउ गरी प्रतिलिपी अधिकार ऐन अन्तर्गतको कसूरमा आवश्यक कारवाहीको लागी आज महानगरीय प्रहरी परिसर काठमाण्डुमा पठाईएको र जिल्ला अदालतबाट दिन ५ म्याद थप भई अनुसन्धान भैररहेको प्रहरीले जनाएको ।

प्रतिक्रिया दिनुहोस
Advertisement