आज ‘क्रिसमस डे’ मनाइँदै


काठमाडौँ – मंगलबार क्रिसमस दिवस अर्थात् क्रिश्चियन धर्मका प्रवद्र्धक येशु ख्रिस्टको जन्मोत्सव। नेपालसहित विश्वभर इसाई धर्मावलम्बीले धुमधामका साथ मनाउँदैछन्। दिवसका अवसरमा देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी मनाइँदै छ। प्रत्येक वर्ष डिसेम्बर २५ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।

यस अवसरमा उपत्यकाका ठमेल, दरबारमार्ग, बौद्ध, भक्तपुर, ललितपुर लगायत स्थानमा ‘क्रिसमस ट्रि’ बनाएर सजाइएको छ । यस अवसरमा मानिसले एक आपसमा क्रिसमस दिवसको शुभकामना आदान प्रदान गर्छन् । यस अवसरमा विभिन्न स्थानमा सांगीतिक कार्यक्रमको समेत आयोजना गरिने जनाइएको छ ।

दिवस मनाइएका स्थलमा येशूको शिक्षा एवं उपदेशको चर्चा गरिनुका साथै प्रेम प्रकट गर्दै उपहार आदानप्रदान गर्ने, शान्ति, सद्भाव, समृद्धि र सु–स्वास्थ्यको कामना गरिन्छ । येशू ख्रीष्टको शुभ जन्म दिनको खुसीयालीमा हरेक वर्ष डिसेम्बर २५ का दिन संसारभर विशेष महत्वका साथ यो दिवस मनाइन्छ ।

नेपालमा क्रिश्चियन इतिहास ४०० वर्ष भन्दा पुरानो रहेको विश्वास गरिन्छ । हाल देशभर १२ हजारभन्दा बढी चर्च र ३० लाख भन्दा बढी क्रिश्चियन समुदाय रहेको राष्ट्रिय ख्रीष्टियन महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement