पत्नीले मेसीभन्दा रोनाल्डो राम्रो भनेपछि भयो डिभोर्स

पत्नीले मेसीभन्दा रोनाल्डो राम्रो भनेपछि भयो डिभोर्स

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– अहिले चर्चा विश्वकप फुटबल प्रतियोगिताको छ। अर्जेन्टिना र पोर्चुगल जारी प्रतियोगिताबाट बाहिरिसके पनि ती दुवै टिमका समर्थकबीच अझै बहस जारी छ।

फुटबलका फ्यानहरुबीच विशेषगरी लियाेनी मेसी र क्रिस्टियानो रोनाल्डोमध्ये कुन राम्रो? भनेर बहस भइरहेको हो।

तर, विश्वकप आयोजक देश रसियामा भने अचम्मको घटना भएको छ। २६ जुनको घटना अनुसार मेसी र रोलान्डोमध्ये को राम्रो भन्ने विषयमा सम्बन्ध विच्छेद अर्थात् डिभोर्स नै भएको छ।

अर्जेन्टिनाले नाइजेरियालाई २–१ ले हराएपछि आर्सेन नाम गरेका एक व्यक्ति जीतको खुसीमा उफ्रिरहेका थिए। मेसीको उत्कृष्ट प्रदर्शन भन्दै उनले नाराबाजी गरिरहँदा उनकी पत्नी ल्युडमिलाले मेसीभन्दा रोनाल्डो राम्रो भएको बताइन्। आर्सेन रिसले जुलुम भए।

रिसको झोकमा आर्सेनले घर नै छोडिदिए। त्यतिले मात्र पुगेन। अर्को दिन बिहानै ल्युडमिलालाई डिभोर्सको कागज पठाए। यसरी मेसी र रोनाल्डो को राम्रो भन्ने विवादका कारण आर्सेन र ल्युडमिलाको १६ वर्ष लामो सम्बन्ध टुंगियो।