क्रोएशिया इतिहास रच्दै पहिलोपटक विश्वकपको फाइनलमा


काठमाडौं – रसियामा जारी विश्वकप फुटबलमा क्रोएशिया इतिहासमै पहिलोपटक विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।

क्रोएसिया दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डलाई २-१ ले हराएर इतिहास रच्दै पहिलोपल्ट विश्वकपको फाइनलमा प्रवेश गरेको छ । लुज्निकी रंगशालामा सुरुआती अग्रता भने इंग्ल्यान्डले लिएको थियो ।

किरन ट्रिपरको फ्रि-किक गोलसँगै इंग्ल्यान्डलाई १-० ले अघि बढाएएर ५२ बर्षपछि विश्वकपको फाइनल खेल्ने संभावना बढाएका थिए त्यसअघि खेलको पाँचौं मिनेटमा किरन ट्रिपरले फ्रिकिकमार्फत गोल गर्दै इंग्ल्याण्डलाई सुरुवाती अग्रता दिलाएका थिए । ६८ औँ मिनेटमा इभान पेरिसिकले क्रोएशियाबाट बराबरी गोल फर्काए ।

योसँगै फाइनलमा क्रोएसियाले आइतबार उपाधिका लागि फ्रान्सको सामना गर्नेछ भने पराजित इंग्ल्याण्डले तेस्रो स्थानका लागि बेल्जियमसँग खेल्नेछ । नकआउट चरणका अघिका दुवै खेल टाइब्रेकरमा जितेको क्रोएसिया मान्जुकिचको गोलको सहयोगमा पहिलोपल्ट विश्व्कपको फाइनलमा प्रवेश गर्यो।

उसले सेमिफाइनलमा प्रतिस्पर्धा गरेको दोस्रो अवसर हो। यसअघि विश्व्कप १९९८ को अन्तिम चारमा उसलाई आयोजक फ्रान्सले पराजित गरेको थियो। त्यही फ्रान्सविरुद्ध क्रोएसियाले आइतबार फाइनल खेल्नेछ।

प्रतिक्रिया दिनुहोस
Advertisement