पोखरामा क्रस कन्ट्री दौड भोलि हुँदै

पोखरामा क्रस कन्ट्री दौड भोलि हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-पोखरामा शनिबार अन्तर्राष्ट्रिय स्तरको ‘क्रस कन्ट्री दौड’ प्रतियोगिता हुँदैछ ।

हिमालयन टुरिजम फोरमको आयोजनामा हुने प्रतियोगिता तेस्रो संस्करणको हो । यसअघि दुई संस्करण सम्पन्न भइसकेको यो प्रतियोगिताअन्तर्गत चार विधामा प्रतिस्पर्धा हुने आयोजक हिमालयन टुरिजम फोरमले जनाएको छ ।

प्रतियोगिताअन्तर्गत खुला समूहगत दौड, महिला तथा पुरुष च्यालेन्ज इन्डिभिजुअल दौड, छात्रछात्रा दौड र ह्याप्पी रन समूह गरी चार स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

५० किलोमिटर दूरीको समूहगत दौड पोखराको लेकसाइडस्थित वाराही घाटबाट सुरु भई २ हजार २ सय ५८ मिटर उचाइसम्मको रहनेछ । यो स्पर्धामा खेलाडीहरूले ट्रेल रनिङ, साइक्लिङ र रोइङ गर्नुपर्नेछ । जसमा १७ वटा नेपाली र ४ वटा चिनियाँ टोलीको सहभागिता रहनेछ ।

च्यालेन्ज इन्डिभिजुअल दौड पनि ५० किलोमिटरकै हुनेछ । वाराही घाटबाटै सुरु हुने यस स्पर्धामा खेलाडीले २ हजार ३ सय ६६ मिटरको उचाइसम्मको दूरी पार गर्नुपर्नेछ । जसमा १ सय जना नेपाली र ५२ जना चिनियाँ गरी कुल १ सय ५२ जना खेलाडीले प्रतिस्पर्धा गर्न लागेका हुन् । कक्षा ८ देखि १२ सम्मका विद्यार्थीले सहभागिता जनाउन पाउने विद्यार्थी दौड प्रतियोगिता ५ किलोमिटरको हुनेछ । यो स्पर्धामा कुल ५ सय जना विद्यार्थीले नाम दर्ता गराएका छन् ।