क्रसरका नाइकेले ‘पापा वान’को बेइज्जत गर्दै हिँडेपछि‘…


काठमाडौं – आइतबार दिउँसो साँढे ११ बजेको थियो । त्यो दिनको दैनिकी सबैको सदाझैँ सामान्य तरिकाले बितिरहेको थियो । एकाएक ललितपुर क्रसर व्यवसायीहरुबीचको माहोल बिग्रियो । व्यवसायीहरुमा निकै हलचल मच्चियो । उनीहरु सबैको भागाभाग चलेको दिन थियोे ।

जब क्रसर व्यवसायी संघ ललितपुरका अध्यक्ष सुदर्शन विष्ट पक्राउ परे तव सबै व्यवसायी बीच हलचल मच्चिएको थियो भने कतिको भागाभाग नै चलेको थियो ।

पक्राउ परेका बिष्टलाई छुट्टाउन केही ब्यवसायी दौडधुप गरिरहेका थिए । त्यो घटनाको हलचल अझैसम्म जारी छ । घटना अझै साम्य हुन सकेको छैन । प्रहरीको हिट लिष्टमा अझै दुई व्यवसायी परेका छन् ।

उनीहरु फरार रहेको र खोजी तीब्र पारेको बताइएको छ । फरार ब्यवसायीको नाम भने प्रहरीले गोप्य राखेको छ । यो खबर आजको समाचारपत्रमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement