बिहिबार देखि एसिसी इमर्जिङ टिम्स एसिया कप


काठमाण्डु- पर्सि असार २८ गते (बिहिबार) देखि एसिसी इमर्जिङ टिम्स एसिया कप प्रतियोगिता प्रारम्भ हुँदैछ ।

नेपाल समेत सहभागी यो प्रतियोगितामा नेपाल भारत तथा पाकिस्तानको ए टिम सम्मिलित युएई सहितको ‘समूह बि’ मा परेको छ । त्यस्तै ‘समूह ए’ मा श्रीलंका, बंगलादेश, अफगानिस्तान र ओमान छन् । यो प्रतियोगितामा पाँच टेस्ट देशको यू २३ टिमले प्रतिस्पर्धा गर्नेछ भने एसिएट मुलुकले आफ्नो पहिलो रोजाईका खेलाडी पठाउनेछन् ।

समूह चरणमा नेपालको पहिलो खेल २९ गते शुक्रबार ( १४ जुलाई ) पाकिस्तान ‘ए’ सँग छ । नेपालक‍ो दोस्रो खेल साउन १ गते सोमबार (१७ जुलाई ) का दिन भारत ए सँग हुनेछ भने नेपालले असार ३ गते बुधबार (१९ जुलाई ) का दिन युएईसँग खेल्नेछ ।

यो प्रतियोगिताका ४ खेल पाकिस्तानमा खेलाइने छ भने बाँकि खेल श्री लंकामा हुनेछ । १३ जुलाई देखी २३ जुलाई सम्म संचालन हुने एसिसी इमर्जिङ टिम्स एसिया कप प्रतियोगिताको सेमिफाइनल २१ जुलाईमा तथा फाइनल २२ जुलाईमा हुनेछ ।

यो प्रतियोगितामा नेपाली टिमको नेतृत्व रोहित पौडेलले गर्नेछन् भने अनुभवी ब्याटर ज्ञानेन्द्र मल्ल र करण केसीलाई नेपालले विश्राम दिएको छ । यसैगरि सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी ग्लोबल टि २० लिग खेल्न क्यानाडा जाने भएका कारण टिममा रहने छैनन् । ४ जना स्टार खेलाडी बिना मैदानमा ओर्लने १६ सदस्यिय नेपाली टिममा सूर्य तामाङ, सन्दीप जोरा, श्याम ढकाल तथा देव खनालले पूनरागमन गरेका छन् ।

नेपाली टिम

कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, देव खनाल, गुलशन झा, सोमपाल कामी, भीम सार्की, श्याम ढकाल, प्रतिश जि.सी, ललित राजवंशी, किशोर महतो, सन्दीप जोरा तथा सूर्य तामाङ ।

प्रतिक्रिया दिनुहोस
Advertisement