क्रिप्टोकरेन्सी लगायत अनलाइन जुवाका वेबसाइट र एप नेपालमा नचल्ने


काठमाण्डु – नेपालमा अवैध मानिएको क्रिप्टोकरेन्सी, हाइपर फण्डलगायत कारोबारी एप नचल्ने भएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले गैरकानुनी रूपमा डलर सटही ‘क्रिप्टोकरेन्सी’ कारोबार गर्ने सबै मोबाइल एप र वेबसाइट बन्द गर्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई निर्देशन दिएको हो ।

प्राधिकरणले एक पत्र लेख्दै क्रिप्टोकरेन्सीका एपहरूलाई नेपालभित्र प्रयोग, सञ्चालन र व्यवस्थापन गर्न नपाउने गरी निषेध, डिसएबल तथा कालोसूचीमा राख्न निर्देशन दिएको छ ।

यसअघि क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन जुवा ताथ गैरकानुनी क्रियाकलाप गरी आर्थिक अपराध बढेको भन्दै सूचना तथा प्रविधि मन्त्रालय र अर्थ मन्त्रालयले कालोसूचीमा राख्न प्राधिकरणलाई पत्राचार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement