डडेल्धुरामा बँदेल मार्न राखिएको बन्दुकको गोली लागेर एकको मृत्यु


काठमाण्डु – डडेल्धुरामा गोली लागेर एक जनाको मृत्यु भएको छ । गन्यापधुरा गाउँपालिका–५ स्थित पटौरा सामुदायिक वनमा जङ्गली जनावर मार्नका लागि भरुवा बन्दुकको पासो थापेका गन्यापधुरा ४ का ४५ वर्षीय दलबहादुर पानलाई सोही बन्दुकको गोली लाग्दा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डीएसपी देवेन्द्र पालकाअनुसार दलबहादुरको डडेल्धुरा अस्पताल लैजादैँ गर्दा बाटोमा नै मृत्यु भएको हो । हाल उनको शव अस्पतालमै राखिएको छ ।

घटनामा संलग्न रहेको हुनसक्ने भन्दै प्रहरीले अन्य ४ जनालाई नियन्त्रणमा लिई घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको बताएको छ । नियन्त्रणमा लिइएकाहरुको परिचय भने प्रहरीले खुलाएको छैन । जंगली जनावर बँदेल मार्नको लागि राखिएको बन्दुक पड्केको डीएसपी पालले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement