जडिबुटी क्षेत्रमा डोजरमाथि ढुंगामुढा, सुकुमबासी बस्ती हटाउने कार्य स्थगित

जडिबुटी क्षेत्रमा डोजरमाथि ढुंगामुढा, सुकुमबासी बस्ती हटाउने कार्य स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राजधानी काठमाण्डु उपत्यकाका सुकुमबासी बस्ती खाली गराउने क्रममा जडिबुटी क्षेत्रमा डोजरमाथि ढुंगामुढा भएको छ ।

जडिबुटी क्षेत्रको अतिक्रमित भूमि खाली गर्ने क्रममा तनाव उत्पन्न भएपछि शनिबारलाई बस्ती हटाउने कार्य स्थगित गरिएको छ ।

भक्तपुरतर्फको भागमा डोजर प्रयोग गरी बस्ती हटाउने क्रममा स्थानीयले विरोध जनाउँदै ढुंगामुढा प्रहार गरेका छन् । अतिक्रमित संरचना हटाउन पुगेका डोजर, सुरक्षाकर्मीमाथि ढुंगा प्रहार भएपछि अवस्था तनावपूर्ण बनेको छ ।

चारैतिरबाट ढुंगा प्रहार भएपछि शनिबारको कार्यक्रम स्थगित गरिएको छ भने सुरक्षाकर्मी र प्राविधिक टोली फर्किन थालेको छ ।