शान्ति स्थापनार्थ डार्फर जाने प्रहरी टोलीको बिदाई – KathmanduPati
सुरक्षा

शान्ति स्थापनार्थ डार्फर जाने प्रहरी टोलीको बिदाई

काठमाडौं – संयुक्त राष्ट्र संघको अनुरोधमा शान्ति स्थापनार्थ डार्फर सुडानस्थित अनामिड मिसनमा खटी जाने प्रहरी टोलीलाई आज शुक्रबार विदाई गरिएको छ । प्रहरी प्रधान कार्यालय युएन महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विभूति राज पाण्डेले शुक्रबार बिदाइ गरेका हुन् ।

dish home

उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक पाण्डेले प्रहरीले मिसनमा खटिँदा बनाएको छविलाई कायम गर्दै संगठनको नीति अनुरुप कार्य सम्पादन गर्न खटी जाने अधिकृतहरुलाई निर्देशन दिए ।

साथै उनले मिसनमा रहँदा पालना गर्नुपर्ने अनुशासन र कार्यहरुको बारेमा समेत जानकारी गराएका थिए । उक्त मिसनमा प्रहरी नायव उपरीक्षक ९ जना र प्रहरी निरीक्षक ३ जना गरी जम्मा १२ जना प्रहरी अधिकृतहरु असार २९ गते त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

Comments

comments

Now Get KathmanduPati App on your mobiles.

Android AppiOS App
ad

Now get KathmanduPati App on your mobiles.

Android AppiOS App
Scroll to Top