यस्ता छन् गर्मीमा दही खानुका फाइदा


काठमाण्डु – दही स्वादका लागि मात्र नभइ स्वास्थ्यका लागि पनि धरै फाइदा जनक मानिन्छ । धेरै मानीसहरुले दही स्वादका लागि मात्र खाने गरेका हुन्छन् । तर दहीले हाम्रो शरीरमा कति फाइदा गर्छ भन्ने बारे थाहा पाउनु आवश्यक छ । दही खानुका फाइदा थाहा पायौँ भने हामीलाई दही खान झनै मन लाग्नेछ ।

दहीलाई हिन्दु धर्म अनुसार, सगुन अर्थात शुभ सङ्केतका रुपमा लिइन्छ । कुनै काम शुरु गर्नुभन्दा पहिले शुभ सङ्केतका रुपमा दही खाने प्रचलन छ । तर, दहीले शुभसाइतको मात्र होइन स्वास्थ्यका लागि पनि धरै फाइदा हुने काम गर्छ ।

मानिसहरू गर्मीयाममा विभिन्न पेय पदार्थ र शरीरलाई शीतलता प्रदान गर्ने खाने कुराहरू धेरै खाना रुचाउने गर्दछन् । त्यसैले गर्मीमा चिसो दही खाएपछि शीतलताको अनुभूति हुने गर्छ । त्यसकारणले पनि गर्मीमा मानिसहरू दही खान रुचाउने गर्छन ।

दही खानुका यस्ता छन् फाइदा

१ गर्मीमा दहीले शरीरलाई शीतलता प्रदान गर्ने गर्छ ।

२. दही पेटसम्बन्धी समस्या भएकाका लागि अत्यन्त उपयोगी मानिन्छ ।

३. दहीको नियमित सेवन गर्दा आन्द्राको रोग तथा पेट सम्बन्धी रोगहरूबाट छुट्कारा मिल्ने गर्दछ ।

४. दहीमा मुटुको रोग, उच्च रक्तचाप जस्ता रोगलाई निको पार्न मद्दत गर्दछ ।

५. दहीले कोलस्ट्रोल बढ्न रोक्नुका साथै मुटुको धड्कनलाई ठीक राख्न मद्दत गर्ने गर्दछ ।

६. दहीमा क्याल्सियमको मात्रा अधिक पाइन्छ, जसले हड्डीह?को विकासमा धेरै सहयोग पुर्याउँछ ।

७. निद्रा नलाग्ने समस्या भएकाहरूले खानाका साथ दैनिक एक कचौरा दही खानाले राम्रो निन्द्रा लाग्नमा केहीहदसम्म सहयोग र्पुयाउने गर्दछ ।

८. दैनिक दही खानाले पाचन प्रक्रियामा समेत मद्दत पुर्याउने गर्दछ ।

९ दहीले पेटको गर्मीमा कमी ल्याउँछ ।

१०. गर्मीयाममा दही खाएर काममा निस्कँदा भोक कम लाग्छ ।

११. दहीले रोग प्रतिरोधात्मक क्षमता बृद्धी गराउँछ ।

दहीले केहि रोगहरु निको पार्न सहयोग गर्छ:

आँखामा रतन्धो भएमा :  दहीमा फुराएको मरीच पिनेर सुत्ने बेलामा आँखामा लगाउने गरेमा एक–दुई हप्तामा ठीक हुन्छ ।

दादः दहीमा नीमको पात पिनेर लगाउने गरेमा पनि दाद जान्छ ।

अल्काईको रोगः नरिवलको बाहिरको जटा पोलेर खरानी बनाउने तथा १्१ ग्लास दहीमा फिटेर बिहान र बेलुका खाने गरेमा केही दिनमा नै अल्काई रोग ठीक हुन्छ ।

पत्थरी भएमाः कण्ठकारीको जराको चूर्ण आधा चम्चा १ गिलास दहीमा फिटेर १ हप्ता खानाले त्थरी भएको ठीक हुन्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement