सप्तरीमा डाका समूहद्वारा लुटपाट, एक जनाको हत्या

सप्तरीमा डाका समूहद्वारा लुटपाट, एक जनाको हत्या

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सप्तरीको सुरुङ्गा नगरपालिका–८ मल्हनमा डाका समूहले लुटपाट गर्नुका साथै घरधनीको हत्या गरेका छन् ।

डाका समूहले घरधनी कन्तलाल चौधरीको गोली हानी हत्या गरेका हुन् । डाकाहरूकै आक्रमणबाट कन्तलालका भाइ रमाकान्त चौधरी घाइते भएका छन् । चौधरीको सिरहाको लहानस्थित प्रादेशिक अस्पतालमा भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक विरेन्द्र यादवले राति १ करिब बजे ५/७ जनाको समूहमा रहेका डाकाहरूले कान्तालाल चौधरीको हत्या र उनको घरमा लुटपाट गरेको जानकारी दिए । उनका अनुसार डाकाहरूले धारिलो हतियार प्रहार गर्दा चौधरीको घटनास्थलमै मृत्यु भएको छ । उनीहरूले गोली पनि फायरिङ्ग गरेका थिए । मृतकका चौधरीलाई बचाउन जाँदा छिमेकी रामाकान्त चौधरी घाइते भएका हुन् ।

चौधरीको घरबाट डाकाहरुले ५ तोला सुन, २ केजी चाँदी र नगद ६० हजार रुपैयाँ लुटेर लगेको छ ।

सप्तरी प्रहरीका अनुसार डकैत समूहद्वारा भएको धारिलो हतियारको प्रहार र गोली फायरिङ्गका कारण चौधरीको घटनास्थलमै मृत्यु भएको हो।

तर गोली लागेर हो वा धारिलो हतियारको प्रहारले चौधरीको मृत्यु भएको हो भन्नेबारे अहिलेसम्म यकिन नभइसकेकोले घटनाको सूक्ष्म अनुसन्धान चलिरहेको प्रहरीले जानकारी दिएको छ ।