हैजाको सम्भावित प्रकोपविरुद्ध लियो-लायन्स क्लब दक्षिणकालीको प्रभातफेरी


काठमाण्डु – लायन्स क्लब इन्टरनेशनलमा प्रस्तावित क्लब, लियो–लायन्स क्लब अफ दक्षिणकालीले दक्षिणकाली नगरपालिकासँगको सहकार्यमा सम्भावित हैजाको प्रकोपविरुद्ध सचेतनामूलक प्रभातफेरी कार्यक्रम गरेको छ ।

लायन्स वर्ष २०२२–२३ को सेवा सप्ताह अन्तर्गत छैटौं दिनको विपद् व्यवस्थापन दिवस मानेर क्लबले जनचेतनामूलक जिंगल, माइकिङ, प्ले कार्ड र ब्रोसर वितरण मार्फत सचेतना सन्देशहरू फैलाउने अभियान थालेको हो ।

नगरपालिकाका मेयर मोहन बस्नेतले ¥यालीमा सहभागीहरुलाई सम्बोधन गर्दै समुदायलाई सबै खाले विपद्बाट जोगाउन एकजुट भएर लाग्नुपर्ने बताए ।

“हामीले सँगै मिलेर काम गर्नुपर्दछ र कोभिड–१९ महामारीको बेला जस्तो उदाहरण बसाल्नुपर्छ। जुन संकटको सामना गर्न हामी धेरै सफल भयौंयस्तै हैजा विरुद्धको लडाइमा पनि हातेमालो गरौं।”, मेयर बस्नेतले भने ।

सचेतना अभियानमा नेपाल प्रहरी, शिखरापुर क्याम्पस, बोतल हाउस, एससीएलसी, अरुणोदय कलेज, त्रिभुवन हाईस्कुलका शिक्षक तथा विद्यार्थी, विभिन्न संघ संस्थाका प्रतिनिधिसाथै महिला स्वास्थ्य स्वयंसेविका र स्थानीय जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको समापनमा शिखरपुर क्याम्पसका क्याम्पस प्रमुख निरोज श्रेष्ठ र लियो जिल्ला ३२५ एचका अध्यक्ष आकाश दाहालले छोटो मन्तव्य राखेका थिए भने लियो लायन्स क्लब दक्षिणकालीका अध्यक्ष सविन श्रेष्ठले सबै सरोकारवाला तथा सहभागीहरुलाई धन्यवाद ज्ञापन गरे । सचेतना अभियानमा १०० जनाभन्दा बढीले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement