दक्षिणकाली नगरपालिकामा प्रहरीको अभियान, तपाईंको मास्क खोई?


काठमाण्डु- कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि काठमाण्डुको दक्षिणकाली नगरपालिकामा प्रहरीले ‘तपाईंको मास्क खोई?’ अभियान सुरू गरेको छ । ईलाका प्रहरी कार्यालय फर्पिङले लायन्स तथा लियो क्लब अफ काठमाण्डु पद्मसम्भव दक्षिणकाली र नगरपालिकासँगको सहकार्यमा सर्वसाधारणलाई मास्क लगाउन आग्रह गर्दै अभियान सुरू गरेको हो ।

सानो प्रयास र जनस्वास्थ्यको मापदण्ड पालनाले कोभडि १९ को महामारीबाट आफू, परिवार, समाज र देशलाई बचाउन सकिने भन्दै प्रहरी कार्यालयले ‘तपाईंको मास्क खोई ?’ अभियान सुरू गरेको जनाएको छ ।

No description available.

हरेक व्यक्तिलाई घरबाहिर निस्कनेबित्तिकै मास्क प्रयोग गर्न उत्साहित गर्ने गरी अभियान सञ्चालन गरेको ईलाका प्रहरी कार्यालय फर्पिङले जनाएको छ । सोहीअनुसार फर्पिङसहितका बजार क्षेत्रमा मास्क लगाउन प्रहरीले पटक–पटक अनुरोध गरिरहेको ईलाका प्रहरी कार्यालय फर्पिङकी प्रहरी निरीक्षक सरला गिरीले बताइन् ।

लायन्स दक्षिणकालीका अध्यक्ष दिनेश आचार्यले कोभिड–१९ महामारी नयाँ चरणमा प्रवेश गर्दै गरेको सन्दर्भमा सर्वसाधारणलाई जनस्वास्थ्यको मापदण्डहरू पालना गर्न सचेतना स्वरूप प्रहरी कार्यालयसँग मिलेर अभियान चलाइएको जानकारी दिए ।

No description available.

फर्पिङ क्षेत्र परिक्रमा गर्ने क्रममा घरबाट बाहिर जाँदा अनिवार्य र सही तरिकाले मास्क लगाऔं, एक अर्काबाट कम्तिमा २ मिटर टाढा बसौं, सामाजिक दूरी कायम गरौं, पसल, बजार तथा भिडभाड हुने स्थानमा लापर्वाही नगरौ बेलाबेलामा साबुन पानीले मिचिमिचि कम्तिमा २० सेकेण्ड हात धोऔं, साबुन पानी उपलब्ध नहुँदा स्यानिटाइजरको प्रयोग गरौं, जस्ता सूचना अडियो जिङ्गल मार्फत प्रवाह गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement