गाडीका लागि छुट्याइएको २५ लाख एम्बुलेन्स र विद्यालयलाई दिइन् दक्षिणकालीकी उपमेयरले


काठमाडौं–मुलुकका ७५३ मध्ये कतिपय स्थानीय तहका जनप्रतिनिधिमा बिलासी सवारीसाधनको मोह रहेको खबर बेलाबेला सार्वजनिक भइरहँदा दक्षिणकाली नगरपालिकाकी उपमेयरले गाडीका लागि छुट्याइएको रकम शिक्षा र स्वास्थ्यको क्षेत्रमा खर्च गर्ने भएकी छन्।

उपमेयर बसन्ती तामाङ डंगोलको सवारी सुविधाका लागि ३० लाख रुपैयाँ विनियोजन भएको थियो। तर, उनले उक्त रकम कृषि प्राविधिक विद्यालय सञ्चालन गर्न र एम्बुलेन्समा खर्च गर्ने भएकी हुन्।

सो बजेटबाट २५ लाख प्राविधिक शिक्षाको लागी कामधेनु माध्यमिक विद्यालयलाई कृषि प्राविधिक विद्यालय संचालन गर्न दिइएको र बाँकी पाँच लाख एम्बुलेन्स खरिदका सोचन्द भैरव परिवारलाई दिने उनले घोषणा गरेकी हुन्।

गत असारमा बसेको तेस्रो नगर सभाले उपमेयरको सवारी सुविधाको लागि ३० लाख रुपैयाँ छुट्याएको थियो।

दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेत पनि दुई वर्षअघि खरिद गरिएको स्कर्पियो गाडी प्रयोग गर्दै आएका छन् । गाडी नगरपालिकाकै हो । दक्षिणकालिका मेयर र उपमेयर दुबै नेपाली कांग्रेसबाट विजयी भएका हुन्

प्रतिक्रिया दिनुहोस
Advertisement