तिब्बत फर्किने आशा मारेको छैन : दलाई लामा


एजेन्सी – तिब्बतका धार्मिक गुरु दलाई लामाले आफुले तिब्बत फर्किने आशा नमारेको बताएका छन् ।

बीबीसीका दक्षिण एशिया करेस्पोन्डेन्ट रजीनी वैद्यनाथनलाई उनले दिएको एक अन्तर्वार्तामा उनले सो कुरा बताएका हुन् । उनले तिब्बती जनताले अहिलेपनि आफूलाई विश्वास गर्ने गरेको समेत बताए ।

उनले चीन परिवर्तन भइरहेको र त्यहाँको सरकारको सम्पर्कमा रहने पूर्वअधिकारीहरु र विद्वानसँग आफ्नो सम्पर्क भइरहेको जनाएका छन् । तर चीनका राष्ट्रपति सी जिनपिङ्गले आफूलाई भेट्ने प्रयास अहिलेसम्म नगरेको समेत जनाएका छन् ।

उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमा नैतिक सिद्धान्तको अभाव भएको भन्दै ट्रम्पको आलोचना पनि गरे ।

ट्रम्पले एक दिन एकथोक र अर्को्दिन अर्कोथोक भन्ने गरेको बताए । उनले ट्रम्पको अमेरिका फस्ट भन्ने नीति पनि गलत भएको जनाउँदै अमेरिकाले विश्वव्यापी मामिला बारेमा सोच्नुपर्ने बताएका छन ।

प्रतिक्रिया दिनुहोस
Advertisement