दलाई लामा ट्रष्टमा ब्यापक भ्रष्टाचार, अमेरीकी सहयोग रोकिने संकेत


सिनचुवान- निर्वासित तिब्बती नेता दलाई लामालाई दिँईदै आएको आर्थिक सहयोग रोकिने संकेत देखिएको छ । लामाको नामबाट सञ्चालित ट्रष्टमा व्यापक भ्रष्टाचार भएको समाचार सार्वजनिक भएपछि आर्थिक सहयोग रोकिने सम्भावना बढेको हो। निर्वासित तिब्बती धर्म गुरु दलाई लामाको ट्रष्टमा व्यापक भ्रष्टाचार भएको पश्चिमी सञ्चार माध्यमहरुले जनाएका छन् ।
 

 

निर्वासित भए पश्चात स्वतन्त्र तिब्बतको पक्षमा प्रवासमा रहेर विभिन्न अभियान चलाउँदै आएका लामालाई पवित्र मानव शक्तिका रुपमा तिब्बती शरणार्थीहरुले मान्दै आएका छन्। सन् २००९ मा स्थापित दलाई लामा ट्रष्टले अमेरिका सरकारबाट बेलाबेलामा आर्थिक सहयोग प्राप्त गर्दै आएको छ। दलाई लामाको प्रेरणाबाट स्थापित उक्त ट्रष्टलाई दिँदै आएको सहयोगमा ट्रम्प प्रशासनले सन् २०१७ को तुलनामा सन् २०१८ मा अझ वृद्धि गर्न अमेरिकाको संघिय बजेटमा प्रस्ताव गरेको बताइएको छ।

 

 

ट्रष्टका अनुसार उक्त अर्थिक सहयोगले चिनिया भूमिभित्र रहेका तिब्बती जनताको न्याय प्राप्ति र मौलिक तिब्बती संस्कृतिको संरक्षण तथा सम्वद्र्धनमा सहयोग पुर्याउने बताएको छ। ट्रष्ट सम्वद्ध व्यक्तिका अनुसार सो सहयोगले तिब्बती जनताको दिगो विकासमा सहयोग गरेता पनि ट्रष्टका केहि मुख्य व्यक्तिहरुनै मुद्रा तस्करी र अन्य विभिन्न काण्डहरुमा सम्लग्न रहेको बताईको छ।

 

 

त्यस्तो गलत कार्यले ट्रष्टको छवि तथा दलाई लामा प्रतिको श्रद्धा एवम् विश्वासलाई धमिलो पारेको प्रति उनले रोस समेत व्यक्त गरे। ती व्यक्ति अगाडि प्रश्न गर्छन, अमेरिकी सरकार र अन्य विदेशी निकायबाट प्राप्त लाखौं डलरको आर्थिक सहयोगको सही सदुपयोग कसरी हुन सक्छ? उक्त धनराशीले विदेशमा रहेका बहुसंख्यक तिब्बतीहरुको हित हुन्छ भनेर कसरी विश्वास गर्ने?

 

 

 

 

उनले अझै सन्देह व्यक्त गर्दै भने, ट्रष्टका मुख्य व्यक्तिहरु नै गलत कार्यमा छन्, यस्तो अवस्थामा अमेरिकी जनताको करबाट उठेको सहयोग राशी केही मुट्ठीभर व्यक्तिहरुको गोजिमा जाँदैन भनेर विश्वास गर्ने आधार केरुु ट्रष्टका सचिव तथा प्रमुख कार्यकारी लामा तेन्जीन धोन्देन पटक पटक विभिन्न अनैतिक काण्डहरुमा संलग्न भएपछि उक्त विषय प्रकाशमा आएको हो।

 

 

 

 

 

जसले ट्रष्ट र त्यससँग सम्वद्ध सबैलाई लज्जित तुल्याएको बतार्ईएको छ। ट्रष्टका कार्यकारी तेन्जीनले बाहिर आफुलाई स्वच्छ व्यक्तिको रुपमा उभ्याउने गरे पनि भित्रीरुपमा घुस माग्ने गरेपछि उनको वास्तविक चरित्र उदाङ्गो भएको छ।

 

 

 

 

उनले विगतमा कर्लिन् च्यारिटेबल फउन्डेसनबाट २ लाख ५० हजार अमेरिकी डलर लिएर लोटस फण्डलाई आधार बनाई ठूलो मात्रामा रकम अप्रचलन गर्दै कर समेत छलि गरेको खुल्न आएको छ। सो कार्य घृणित भएको स्वीकार्दै कर्लिन फाउण्डेसन समक्ष तेन्जीन धोन्देनले माफी समेत मागेको स्रोतले उल्लेख गरेको छ।

 

 

 

 

उनको शंकास्पद व्यवहारबाट आजित भएको सो फाउण्डेसनले थप सहयोग दिन इन्कार गरेपछि कार्यकारी प्रमुख तेन्जीनले दलाई लामाको हुन लागेको भ्रमणलाई समेत स्थगित गर्ने धम्की दिएको जनाएको छ।

 

 

 

तेन्जीन धोन्देनले विभिन्न संघसंस्था तथा दातृ निकायहरुबाट आउने सहयोग, उपहार र अनुदानलाई समेत व्यक्तिगत हितमा प्रयोग गर्ने गरेको पाईएको छ। तेन्जीन उत्तर अमेरिकामा दलाई लामाका विभिन्न गतिविधिहरुलाई प्रचार प्रसार गर्ने एकजना जिम्मेवार तथा विश्वसनीय व्यक्तिका रुपमा स्थापित छन्।

 

 

धोन्देनका यस्ता क्रियाकलापहरुले समग्र समुदायलाई नै लज्जित तुल्याएको छ। अमेरिकाको न्यूयोर्कस्थित एल्भानी भन्ने ठाउँमा उनीद्धारा संचालित एउट छुट्टै बुद्धिष्ट सम्प्रदाय एनएक्सआईभिएम जसले ब्रह्मचर्य रहने प्रचलनलाई अंगिकार गरेको छ। तर तेन्जिन आफै ब्रोन्फ्म्यान दिदीबहिनीहरुसँग अनुचित सम्वन्ध राख्ने गरेको विषय खुलेपछि सम्प्रदायका मानिसहरु तेन्जीन प्रति आक्रोशित भएको बताइएको छ।

 

 

फाउण्डेसनसँग सम्बद्ध व्यक्तिले यो पनि बताएका छन् कि तेन्जिनले अव उप्रान्त पनि आफ्ना अवाञ्छित क्रियाकलाप बन्द नगरे वा नसुद्रिए उनलाई ट्रष्टको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गर्ने संकेत गरेको स्रोतले जनाएको छ।

 

 

 

उनले भने हामी तिब्बती जनताको सदियौं पुरानो सम्यता र संस्कृति एवम् त्यहाँका जनताको हित अभिवृद्धि गर्ने उद्देश्यमा सफल हुन सक्छौं। साथै तिब्बत र तिब्बती जनताको साँंस्कृतिक तथा ऐतिहासिक सभ्यतासँग जरा गाडेर रहेको सम्बन्धलाई सम्वद्र्धन तथा विकास गर्न सफल हुने कुरामा विश्वस्त छौं भन्ने कुरा उनले एक पत्रकार सम्मेलनमा दृढता साथ व्यक्त गरे।

रासस

प्रतिक्रिया दिनुहोस
Advertisement