अमेरिकी राजदूतसहितको उपस्थितिमा नेपालमा दलाई लामाको जन्मोत्सव, गृहमन्त्री र आइजीपी ‘चुप’


काठमाडौं– तिब्बती धर्मगुरु दलाई लामाको ८३औं जन्मदिनको अवसरमा ललितपुरको एकान्तकुुनामा कार्यक्रम गरिएको खुलेको छ ।
प्रहरी प्रशासन र गृहमन्त्रालयलाई जानकारी रहेपनि लामाको ८३ औं जन्मोत्सवको अवसरमा ६ जुलाई २०१८ (२२ असार) मा कार्यक्रम भएको खुुलेको हो।

तिब्बतीयन धर्मगुरु दलाई तिब्बतको सीमित घेराभित्रको चीन विरोधी राजनीतिमा सक्रिय हुँदै आएका छन् । उनलाई अमेरिकी एवं पश्चिमेली शक्तिहरुले साथ रहेको र चीन विरोधी गतिविधि नेपालमा नहोस् भनेर पटकपटक चिनियाँ पक्षले नेपाललाई सचेत गराउँदै आएको छ। नेपालले पनि कुनै पनि हालतमा चीन विरोधि गतिविधि हुन नदिने बताउँदै आएको छ।

तर, जुलाई ६ मा दलाईका समर्थकहरुले एकान्तकुुनामा आयोजना गरेको जन्मोत्सवमा अमेरिकी राजदूत एलीनाबी टेप्लिलज र फ्रान्सेली राजदूूत तथा बेलायती, जर्मनी, जापानी र स्वीजरल्याण्डका दूूताबासका अधिकारीको सहभागिता रहेको थियो। नेपालमा शरणार्थी मामिला हेर्दै आएको शरणार्थी सम्बन्धी उच्च आयोग यूएनएचसीआर) का प्रोटेक्सन अफिसर र यूरोपेली युनियनका प्रतिनिधिसमेत कार्यक्रममा सहभागि थिए।

दलाईको जन्मोत्सव कार्यक्रम एक्कासी आयोजना भएको भने होइन्। नेपालस्थित तिब्बती समुुदायले कार्यक्रमका लागि ललितपुुरका प्रमुुख जिल्ला अधिकारी महादेव पन्थसँग अनुुमति मागेका थिए। तर, नेपालमा दलाईका कार्यक्रममा सरकारले हस्तक्षेप गर्दै आएकाले उनले सो जानकारी गृृहमन्त्रालयलाई गराए।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ समेतलाई जानकारी रहेको दलाईको जन्मोत्सव कार्यक्रम बारेमा गृहले कुनै प्रतिक्रिया दिएन। ‘गृहले कार्यक्रम रोक्न पनि भनेन् , कार्यक्रम गर्न पनि भनेन्,’ स्रोतले भन्यो। सो बारे ललितपुर प्रहरीले प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाललाई समेत जानकारी गराएको थियो। तर, उनले पनि वास्ता गरेनन्।

यसअघि नेपालले दलाई लामाका कार्यक्रममा प्रतिबन्ध लगाउँदै आएको थियो। २०७३ मा दलाईको ८१ औं जन्मोत्सवमा बौद्धस्थित स्रोङचेन आवासिय विद्यालय परिसरमा कार्यक्रम आयोजना गर्न खोजिएको थियो। तर, प्रहरीले कार्यक्रममा हस्तक्षेप गर्दै बौद्ध सेटलमेन्टका अधिकृत केल्साङसहित २४ तिब्बतीलाई नियन्त्रणमा लिएको थियो।

पछिल्लो समय चिनविरोधी गतिविधि बढेको भन्दै चिनियां पक्षले गम्भिर असन्तुष्टी जनाएको स्रोतको दाबी छ । गृहमन्त्री थापाले यसबारेमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी समेत नदिएको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement