कलाकार दीपक शर्माले ‘दले दाइ’ बनाउने

कलाकार दीपक शर्माले ‘दले दाइ’ बनाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कलाकार दीपक शर्माले टेलिसिरियल दले दाइ बनाउने भएका छन् । निर्देशक तथा लेखक शर्माको अनुसार सिरियलले देशमा जुनसुकै काम गर्दा पनि दलालको सहारा लिनुपर्ने बाध्यताको कथा प्रस्तुत गर्छ, जसका कारण धेरै नेपाली विदेशिन बाध्य भएका छन्। यिनै पीडादायक अनुभवहरूमा आधारित कथा सिरियलमा देखाइनेछ।

टेलिसिरियलको पहिलो चरणको छायांकन सुरु भएको छ र अब दशैंभित्र यूट्युब मार्फत सार्वजनिक गर्ने तयारी भइरहेको छ।

सिरियलमा श्रीप्रसाद थापा, मुकुन्द मैनाली, दीपक शर्मा, विश्वमणि घिमिरे, आशा भुषाल, स्वस्तिका लामिछाने, कैलाश अधिकारी कैलु, शिवकुमार महत, ज्ञानेन्द्र अमगाई, सुमन बोहरा, अनुश भण्डारी, शिशिर गौडेल, मिलन शर्मा र राजु खनालले अभिनय गरेका छन्। दले दाइ अमलाचौर मिडिया नेटवर्कले निर्माण गरेको हो।

यस टेलिसिरियलका निर्देशक, लेखक तथा निर्माता स्वयं दीपक शर्मा हुन् भने निर्देशन सल्लाहकारको भूमिकामा वरिष्ठ कलाकार विश्वमणि घिमिरे रहेका छन्। छायांकन राहुल राईले, श्रृंगार गीताञ्जली योगीले, प्रकाश व्यवस्थापन विष्णु श्रेष्ठले र सम्पादन दिवाकर चौधरीले गरेका छन्। शीर्ष संगीत सरु पौडेलको रहेको छ।

दले दाइ टेलिसिरियल मार्फत नेपाली समाजमा व्याप्त दलाली प्रथाको यथार्थ चित्रण प्रस्तुत गर्ने प्रयास गरिएको छ।