काठमाण्डु – नेकपा एमालेले बझाङको प्रदेशसभा क्षेत्र नम्बर १(१) मा हुने प्रदेशसभा उपचुनावमा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
एमालेका उम्मेदवारलाई विजयी गराउन सम्पूर्ण पार्टीपंक्ति लाग्ने र अन्य दलहरूलाई पनि उम्मेदवारको पक्षमा समर्थनका लागि अपिल गर्ने निर्णय बैठकले गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
रास्वपासँग पनि उपचुनावका विषयमा छलफल गरिने र फरक–फरक उम्मेदवार भए स्वस्थ प्रतिस्पर्धा गर्ने ज्ञवालीले बताए ।
प्रतिक्रिया