बझाङमा एमाले कांग्रेसबीच कडा प्रतिस्पर्धा , दमन भण्डारी ९ मतले अगाडि


काठमाण्डु- बझाङ प्रदेश सभा सदस्यको मतगणनामा एमाले र कांग्रेस उम्मेदवारबिच कडा प्रतिस्पर्धा देखिएको छ । मत गणनाका क्रममा कांग्रेसका उम्मेदवार अभिषेक सिंह र एमालेका उम्मेदवार दमन भण्डारीबीच कडा प्रतिस्पर्धा देखिएको हो ।

पछिल्लो मतगणनाअनुसार एमाले उम्मेदवार भण्डारी नौ मतले मात्र अगाडि छन् । भण्डारीले ९ हजार ८८९ मत ल्याउँदा कांग्रेस उम्मेदवार सिंहले ९ हजार ८८० मतसहित पछ्याउन पुगेका छन् ।

त्यस्तै माओवादीका उम्मेदवार जनक बुढाले ३ हजार ६६३ र नेकपा एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले २ हजार ४०५ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement