दमन विष्टले सम्हाले बित्थडचिर खेलकुद बिकास समिति अध्यक्षको बागडोर


काठमाण्डु- बझाङको बित्थडचिर गाउँपालिका खेलकुद समितिको अध्यक्षमा दमन विष्ट चयन भएका छन् । बझाङ जिल्ला खेलकुद समितिको निर्णय अनुसार विष्टलाई चार वर्षका लागि बित्थडचिर गाउँपालिका खेलकुद समितिको अध्यक्षमा नियुक्त गरिएको हो ।

विष्टलाई खेलकुद समितिको अध्यक्षमा नियुक्त गर्न बझाङ जिल्ला खेलकुद समितिले गत पुस १६ गते निर्णय गरेको थियो । उक्त निर्णयअनुसार उनी सर्वसम्मत रुपमा बित्थडचिर गाउँपालिका खेलकुद समितिको अध्यक्षमा चयन भएका हुन् । यससँगै उनले बित्थडचिर गाउँपालिका खेलकुद समिति अध्यक्षको जिम्मेवारी सम्हालेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement