न्याय परिषद् सदस्यमा खड्का नियुक्त

न्याय परिषद् सदस्यमा खड्का नियुक्त


काठमाण्डु – न्याय परिषद् सदस्य पदमा वरिष्ठ अधिवक्ता दामोदर खड्का नियुक्त भएका छन् ।

सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले खड्कालाई सदस्य नियुक्त गरेका राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल बार एशोसिएशनको सिफारिसमा उनलाई सदस्य नियुक्त गरिएको जनाइएको छ । आईतबार संसदीय सुनुवाइ समितिले उनको नाम सर्वसम्मतले अनुमोदन गरेको थियो ।

पुस २७ गते बसेको नेपाल बार एशोसिएशनको कार्यसमितिको बैठकले वरिष्ठ अधिवक्ता खड्कालाई रिक्त न्याय परिषद्को सदस्यमा सिफारिस गर्ने निर्णय गरेको थियो ।