‘१० वर्षसम्म जापानमा कमाएको पैसा नेपालमा लगानी गर्न पाइनँ’

‘१० वर्षसम्म जापानमा कमाएको पैसा नेपालमा लगानी गर्न पाइनँ’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा – १० वर्षसम्म जापानमा काम गरी कमाएको पैसा नेपालमा लगानी गर्न वातावरण नभएको हेटौंडाका युवक दामोदर अधिकारीले बताउँछन् ।

मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै हेटौंडा उपमहानगरपालिका–९ का अधिकारीले हेटौंडा–९ मा रहेको आफ्नै जग्गामा रिसोर्ट र चार्जिङ स्टेसन खोल्नका लागि स्थानीय सरकारको असयोगका कारण काम गर्ने वातावरण नभएको गुनासो गरे ।

जापानमा दुःख गरेर ल्याएको पैसाले आफ्नै ठाउँमा केही गर्छु भन्दा काम गर्न नदिएको बताउँदै अधिकारीले भने, ‘पहिले चार्जिङ स्टेसन राख्ने भनेर हेटौंडा उपमहानगरपालिका, नेपाल विद्युत् प्राधिकरण सबैतिरका सरकारी निकायबाट स्वीकृति लिए, २० लाख रुपैयाँ जति लगानी पनि गरे । अहिले वडा कार्यालय, उपमहानगरपालिका, दलका नेताहरू, स्थानीय वासिन्दाको कारण मैले काम गर्न सक्ने वातावरण बनेन ।’

उपमहानगरपालिकाको प्रत्येक कोठामा चहार्दा पनि काम गर्न नसकेपछि आफूले दुःख गरेर ल्याएको रकमको लगानी गर्न नपाएको उनले गुनासो गरे । लगानी गरी स्थानीयलाई रोजगारी दिन्छु भन्दा पनि विभिन्न बहानामा काम गर्ने वातावरण नै नदिएको अधिकारीको गुनासो छ ।

काम गर्नका लागि सबै सरकारी प्रक्रिया पूरा गर्दा पनि लगानी गरेर काम गर्न नपाएपछि आफू निराश भएको उनले दुखेसो पोखेका छन् ।