काठमाण्डु महानगरीय प्रहरीको भूमिकाको आईजीपी कार्कीद्वारा सराहनीय

काठमाण्डु महानगरीय प्रहरीको भूमिकाको आईजीपी कार्कीद्वारा सराहनीय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले काठमाण्डु महानगर प्रहरी बलले शान्ति सुरक्षा, सडक अनुशासन, अतिक्रमण नियन्त्रण, सार्वजनिक तथा पुरातात्विक सम्पदाको संरक्षण तथा सार्वजनिक सम्पत्तिको संरक्षणमा निर्वाह गरेको भूमिका सराहनीय रहेको बताएका छन् ।

काठमाण्डु महानगर प्रहरी बलको ३४औं वार्षिकोत्सवका अवसरमा राष्ट्रियसभा गृहमा आईतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आईजीपी कार्कीले महानगरीय प्रहरीको भूमिकाको प्रशंसा गरे ।

कार्यक्रमा आईजीपी कार्कीले वार्षिकोत्सवका अवसरमा सम्पूर्ण महानगर प्रहरी बल परिवारलाई हार्दिक शुभकामना व्यक्त गर्दै आगामी दिनमा आफ्नो जिम्मेवारीलाई अझ उत्कृष्ट ढंगले सम्पादन गर्दै काठमाण्डु महानगरपालिकाको सुशासन, शहरी व्यवस्थापन र नागरिक सेवाको प्रभावकारिता अभिवृद्धिमा थप योगदान पुर्‍याओस् भन्ने शुभेच्छा समेत व्यक्त गरे ।

आईजीपी कार्कीले काठमाण्डु महानगर प्रहरी बलले ३ दशकभन्दा लामो समयदेखि महानगरपालिकाको नीति, निर्णय र निर्देशन कार्यान्वयन गर्दै निर्वाह गरेको भूमिकाको चर्चा गर्दै विपद्को समयमा खोज, उद्धार, राहत वितरणमा लगायतमा नेपाल प्रहरीसँग समन्वयका क्षेत्रमा निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताए । महानगर प्रहरी बलको कामको प्रकृति र नेपाल प्रहरीको कामको प्रकृति फरक भए तापनि नागरिक सेवा, सार्वजनिक सुरक्षा, शान्ति, सुव्यवस्था र सुरक्षित तथा व्यवस्थित शहर निर्माण गर्नु दुवैको साझा उद्देश्य रहेको बताए ।

आईजीपी कार्कीले स्वच्छ, सुन्दर, सुरक्षित र व्यवस्थित महानगरको परिकल्पनालाई सार्थक बनाउन सडक सुरक्षा, ट्राफिक तथा शहरी आवागमन व्यवस्थापन, फुटपाथ व्यवस्थापन, साधन स्रोत व्यवस्थापन, विपद् तथा आपतकालीन प्रतिकार्य, ऐतिहासिक, धार्मिक तथा पुरातात्विक सम्पदा संरक्षण, शहरी क्षेत्रको समग्र शान्ति, सुरक्षा, अपराध नियन्त्रण, स्मार्ट सिटी सेक्युरिटी, समुदाय–प्रहरी साझेदारी लगायतमा नेपाल प्रहरी सदैव साथमा रहने र आगामी दिनमा महानगरको सहयोग अझ घनीभूत हुँदै जाने विश्वास व्यक्त गरेका छन् ।