दाना कप खेल्न नेपाली टोली डेनमार्क प्रस्थान

दाना कप खेल्न नेपाली टोली डेनमार्क प्रस्थान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं-चलचित्र दुई नम्बरीबाट स्वदेशसहित युएई, मलेसिया लगायतका देशमा उत्कृष्ट बाल कलाकारको उपाधि पाएपछि खेल जगतमा पनि अगाडि बढिरहेका श्रेयष पौडेल क्षेत्री अन्डर १९ कप फुटबल खेल्न डेनमार्कको जोरिङ्ग प्रस्थान गरेका छन् ।

अरियम एकेडेमीबाट नेपालको प्रतिनिधित्व गर्दै दाना कप खेल्न प्रशिक्षकसहित १२ खेलाडी डेनमार्कका लागि प्रस्थान गरेका हुन् ।

दिवास अगस्तीको प्रशिक्षण तथा व्यवस्थापनमा दाना कप २०२४ मा श्रेयश पौडेल क्षेत्रीसहित रोयल्सा गिरी, प्रिन्स भण्डारी, निर्भिक सिंङ, युश दुलाल, आर्जल अधिकारी, समिक गिरी, आभास तामाङ, प्रतीक उप्रेती, रोशन चन्द, आरोग्य श्रेष्ठ र सुएव शर्मा दुलालले खेल्ने छन् ।