डन्डिफोरबाट हैरान हुनुहुन्छ ? अपनाउनुहोस् यस्ता घरेलु उपाय 


काठमाण्डु – प्रायजसो १३ वर्षदेखि १७ वर्षको उमेरमा अनुहारमा डन्डिफोर आउने समस्या हुन्छ । बालक र बालिकाहरू बीच उमेर वृद्धि सँगै शारीरिक परिवर्तनमा पनि फरक पन आउँछ । यस उमेरमा शारीरिक स्वरूपमा नै परिवर्तन देखिन्छ । डन्डिफोर प्रायजसो यही उमेरमा देखिने अर्थात आउने गर्दछ । डन्डिफोरको दाग रहने भएकाले अनुहारको चमक घटाउँछ ।

डन्डिफोरले अनुहारको चमक घटाउने अर्थात सौन्दर्यता  बिगार्ने हुनाले यसबाट सबै वाक्क भएका हुन्छ ।  डन्डिफोर हटाउने औषधी अस्पतालमा पनि पाइन्छ । तर अस्पतालमा पाइने औषधि प्रयोग गर्दा छालामा असर पर्न सक्छ । डन्डिफोर हटाउन  अस्पतालको औषधिले तत्काल अनुहारमा चमक ल्याएपनि पछि भने छालामा असर पर्ने गर्दछ । त्यसकारण डन्डिफोर हटाउनको लागि घरेलु विधि अपनाएकै राम्रो हुन्छ ।

यस्ता छन् डन्डिफोर हटाउने घरेलु उपाय

१. कागती – डन्डिफोर हटाउनको लागि कागती पनि एक उपयुक्त विकल्प हो । कागतीको प्रयोग गर्दा अनुहारमा चमक ल्याउने गर्छ । चमक ल्याउनुका साथै अनुहारमा भएकाे  डन्डिफोर निको गर्ने गर्दछ । कागतीमा भिटामिन सी पाइन्छ । त्यसकारण यसको रसले अनुहार सफा गर्दा डन्डिफोरबाट छुटकारा पाइन्छ ।

२. चामल – लगभग एक कप जति चामल राम्रोसँग भिजाउने । चामल भिजाएपछि त्यसलाई पिस्ने । अनि त्यसमा केही थोपा कागतीको रस मिसाउने र उक्त लेप डन्डिफोर भएको ठाउँमा लगाउने ।

३. लसुन – डन्डिफोर हटाउनका लागि लसुन पनि उत्तिकै उपयोगी मानीन्छ । केही लसुनको केस्रा पिसेर त्यसको रस निकाल्ने । उक्त रसमा कागतीको रस मिसाउनुपर्छ । त्यो मिश्रण अनुहारमा लगाएर १० मिनेटपछि सफा पानीले पखाल्नुपर्छ ।

४.बरफ – बरफ पनि डन्डिफोर हटाउन उपयोगी हुन्छ । यसलाईआफ्नो अनुहारमा रगड्नुपर्छ । यसले डन्डिफोर भएको स्थानमा रक्तसञ्चार तीव्र हुन्छ ।

५.मह – महले डन्डिफोर हटाउनुमा ठुलो भूमिका खेलेको हुन्छ । महमा कपास डुबाएर डन्डिफोर भएको स्थानमा लगाउनुपर्छ । आधा घण्टापछि मनतातो पानीले पखाल्नुपर्छ ।

डन्डिफोर हटाइनुका साथै अनुहारमा चमक ल्याउनको लागी घरेलु उपायले मात्रै उपयाेगि हुँदैन । हामीले धेरै कुरामा ध्यान दिनुपर्छ । हामी अनुहारमा अनेकौं कस्मेटिक प्रोडक्ट प्रयोग गरिरहेका हुन्छौ, जसले क्षणिक सौन्दर्य प्रदान गरेपनि दीर्घकालीन रुपमा हानी पुर्याउँछ । यस्ता रसायनयुक्त सौन्दर्य प्रसाधनको प्रयोगलाई घटाउनुपर्छ । घाममा निस्कनुअघि. घामको विकिरणले अनुहारको छालामा सोझो असर पर्छ ।

त्यसैले घाममा वा खुला स्थानमा निस्कनुअघि कपडा, माक्स आदिले अनुहार ढाक्नुपर्छ । स्वास्थ्य खानपान. अनुहारको सौन्दर्यका लागि मेकअप वा उपचारले मात्र पुग्दैन । खासमा पेट सफा राख्नुपर्छ । पर्याप्त पानी वा झोलयुक्त पदार्थ सेवन गर्ने, फाइबरयुक्त खानेकुरा खाने, सलाद, फलफूलको सेवन बढाउने । साथै चिल्लो, चाप्लो, मसलेदार, अमिलो, पीरो खानेकुरा छालाको सौन्दर्यका लागि अनुकुल हुँदैन ।

प्रतिक्रिया दिनुहोस
Advertisement