भौवानाकाको हतियार कारखाना प्रहरीको छापा


दाङ–प्रहरीले राजपुर गाउँपालिका–७ भौवानाकामा रहेको हतियार कारखानामा छापा मारेको छ।

प्रहरीले उक्त कारखानाका सञ्चालक जीतबहादुर बुढालाई ठूलो मात्रामा तयारी बन्दुक र हतियार बनाउने सामग्रीसहित पक्राउ गरेको हो।
एसपी वेलबहादुर पाण्डेका अनुसार हतियार बनाउने कारखानाबाट बरामद भएका भरुवा बन्दुक ५ थान, एयरगन राइफल ३ थान, १२ बोरको राइफल १ थान, कटुवा पेस्तोल १ थान, ठूलो हतियारको नाल २९ थान र सानो हतियारको नाल १२ थानसहित हतियार बनाउने विभिन्न सामग्री समेत बरामद गरिएको छ।

यसैगरी, रुद्रमणी घर्तीलाई पनि एक थान भरुवा बन्दुक सहित प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

हतियार बनाउने बुढाकै कारखानाबाट ३ वर्ष पहिले १० हजारमा किनेको बन्दुकसहित घर्तीलाई पक्राउ गरिएको एसपी पाण्डेले बताए।

बुढाले प्रहरीमा दिएको बयानका अनुसार उनले बनाएको अधिकांश हतियार भारतमा बिक्री हुने गरेको छ। केही हतियार नेपालमा बिक्री हुने भए पनि धेरै हतियार भारत जाने गरेको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement