दाङमा ३३ जना प्रहरीलाई कारबाही


दाङ – दाङमा चालु आर्थिक बर्षमा अनुशासनहीन काम गर्ने, आदेश नमान्ने जस्ता कार्य गर्ने ३३ जना प्रहरी कारबाहीमा परेका छन् ।

प्रदेश नं ५ प्रहरी कार्यालय तुलसीपुरका अनुसार चालु आर्थिक बर्षको असारसम्म ३३ जना प्रहरी कारबाहीमा परेका छन् ।

कारबाहीमा पर्नेमा तीनजना प्रहरी निरीक्षक, दुई जना प्रहरी नायब निरीक्षक, पाँचजना प्रहरी सहायक निरीक्षक, पाँचजना प्रहरी हवल्दार र १९ जना प्रहरी जवान रहेका छन् ।

तीमध्ये प्रदेश प्रहरी कार्यलयबाट एकजना र जिल्ला प्रहरी कार्यालय दाङबाट दुईजना प्रहरी निरीक्षक कारबाहीमा परेका हुन् । त्यस्तै जिल्ला प्रहरी कार्यालय दाङबाट दुई जना प्रहरी नायब उपरीक्षक, प्रदेश नं ५ बाट १ जना प्रहरी हवल्दार र जिल्ला प्रहरी कार्यालय दाङबाट चार जना प्रहरी हवल्दार पक्राउ परेका हुन् ।

प्रदेश प्रहरी कार्यालयबाट एकजना जवान र जिल्ला प्रहरी कार्यालय दाङबाट १८ जना जवान पक्राउ परेको प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक नबराज पोख्रेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement