लालिलेकममा बिओपी स्थापना हुँदै, सिडिओसहितको टोलीको अनुगमन (फोटोफिचर)


दार्चुला – दार्चुलाका प्रमुख जिल्ला अधिकारीसहितको टोलीले सशस्त्र प्रहरी बलको प्रस्तावित बोर्डर आउट पोस्ट (बिओपी) राख्ने स्थानको अनुगमन तथा निरीक्षण गरेको छ ।

जिल्लाको लालिलेकममा सशस्त्र प्रहरीको बिओपी राख्ने स्थानको बारेमा अनुगमन गर्न टोलीले निरीक्षण गरेको हो ।

प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल, सशस्त्र प्रहरीको नं ५० गुल्मका गुल्मपति डम्बरबहादुर विष्ट, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक पदम बहादुर विष्टसहितको टोलीले अनुगमन गरेको हो ।

त्यस्तै सिडिओ पौडेलले सोही स्थानमा क्वारेन्टाइनमा रहेका मानिसहरुको स्थितिबारे जानकारी लिएका थिए । उनले सीमामा खटिएका सशस्त्र प्रहरीलाई हौसला प्रदान गर्दै सीमा सुरक्षामा ध्यान दिन निर्देशन दिएका छन् ।

बिओपी स्थापना नहुँदा सशस्त्र प्रहरीले अस्थायी रुपमा सीमाको सुरक्षा गर्दै आइरहेको छ । अहिले सशस्त्रको टोलीले पालमा बसेर सुरक्षा गरिरहेको छ ।

(फोटोफिचर) राजेन्द्र साउद:

प्रतिक्रिया दिनुहोस
Advertisement