दार्चुला– दार्चुलामा भएको जीप दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ। जिल्ला सदरमुकाम खलंगाबाट दुहु गाउंपालिकाको हिकिला जाँदै गरेको म १ ज २८० नम्बरको जीप दुर्घटना हुंदा नाबालक सहित ११ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा परी १ जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
दार्चुलाको राताकाठा भन्ने भिरबाट करिव ३ सय मिटर तल महाकाली नदी किनारमा जिप खसेको हो । जीपमा १२ जना सवार रहेको बताईएको छ । दुर्घटनाको कारण भने अझै खुल्न सकेको छैन् ।
प्रतिक्रिया