दार्चुलामा सेनाले सड्क बनाउन लागेको विषयको भारतिय मिडियामा चर्चा


काठमाडौं- नेपालले दार्चुलामा सड्क बनाउन लागेको समाचारलाई भारतिय संचारमाध्यमहरुले प्राथमिकता दिएर समाचार प्रकाशित गरेका छन् । सरकारले नेपाली सेनालाई दार्चुला हुंदै तिंकर जाने वाटो निर्माणको जिम्मा दिइको समाचार, टाइम्स अफ इंडिया, विविसी हिन्दी र नवभारत टाइम्सले प्रमुखताका साथ प्रकाशित गरेका छन् ।

टाइम्स अफ इंडियाले नेपाल भारतबीच सीमा क्षेत्रमा तनाव बढेसंगै नेपाल सरकारले १ सय ३० किलोमिटर लामो धार्चुला तिंकर रोड निर्माणको काम अघि बढाएको उल्लेख गरेको छ । नेपाल र चीनबीच व्यापार गर्ने उद्देश्यले उक्त परियोजना २००८ मा सुरु भएको र ५० किलोमिटरजती नेपाल भारत सीमा क्षेत्रमा पर्ने जनाइएको छ ।

वीवीसी हिन्दीले पनि पछिल्लो १२ वर्षमा जम्मा ४३ किलोमिटर मात्र सड्क बनाइएको र सरकारले पुन यो काम सुरु गरेर सेनालाई निर्माणको जिम्मा दिएको समाचारमा उल्लेख गरेको छ ।

नवभारत टाइम्सले भने भारतसंग नेपालले तनाव बढाएको भन्दै भारतसंग जोडिएको सीमा क्षेत्रमा रोड बनाएको समाचार प्रकाशित गरेको छ । उसले विचमा नेपाली निर्माणकर्ता सड्क निर्माण ठेक्का पाएपनि घाटा लाग्ने भन्दै भागेको र ८७ किलोमिटर रोड बनाउने जिम्मा नेपाली सेनालाई मिलेको दावी गरेको छ । भारतको उत्तराखण्डसंग ५० किलोमिटर सिमा जोडिएको क्षेत्रमा व्यापार र धार्मिक पर्यटनलाई प्रवद्र्धन गर्न नेपालले सड्क बनाएको दावी समाचारमा छ ।

भारतले धारचुला हुंदै लिपुलेख जोड्ने ८० किलोमिटर लामो सड्कको रक्षामन्त्री राजनाथ सिंहले ८ मेमा तवाघाट लिपुलेख मार्गको उद्घाटन गरेपछि नेपालले पनि रोड निर्माण गर्न सुरु गरेको समाचारमा दावी गरिको छ । समाचारमा तिंकर र छांगरुका नागरिकलाई आवात जावत सजिलो गर्न सेनाले रोड बनाउन सुरु गरेको बताइएको छ । त्यसका लागी नेपाली सेनाले घटियाबघारमा कैम्प समेत निर्माण गरेको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement