दार्चुलाको खलङ्गा पुग्यो राष्ट्रिय प्रसारण लाइन,भारतको विद्युत विकल्पमा मात्र प्रयोग हुने


-रमेश लम्साल 

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले सुदूरपश्चिमको दार्चुलामा केन्द्रीय प्रसारण लाइन पुर्याएको छ । निर्माण सम्पन्न भएको बलाँच–खलंगा ३३ केभी प्रसारण लाइन बुधबारदेखि सञ्चालन (चार्ज) भएको हो । प्रसारण लाइन ३३ केभी निर्माण भए पनि अहिले ११ केभीमा मात्र चार्ज भएको दार्चुला वितरण केन्द्र प्रमुख दयाराम साहले बताए । लामो समयदेखि नेपालकै विद्युत् उपयोग गर्न पाउनु पर्ने माग राख्दै आएका दार्चुलावासीका लागि खुशीको खबर छ ।

नेपाल विद्युत् प्राधिकरणले दार्चुलाको सदरमुकाम खलङ्गामा विद्युत्को राष्ट्रिय प्रसारण लाइन आजदेखि जोडेको छ । जसका कारण गुणस्तरीय विद्युत् प्रयोग गर्ने दार्चुलावासीको चाहनासमेत पूरा हुने भएको हो । भारतबाट आयात गरिएको विद्युत्मा पटक पटक भोल्टेजको समस्या भोगेका दार्चुलावासीलाई प्राधिकरणले निर्माण गरेको बलाँच–खलङ्गा ३३ केभी प्रसारण लाइनको निर्माण सम्पन्न गरी आजदेखि सञ्चालनमा ल्याएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले राष्ट्रिय प्रसारण प्रणाली नपुगको जिल्ला तथा क्षेत्रमा प्रसारण प्रणाली पु¥याउने कामलाई विशेष प्राथमिकतामा राखेर काम अगाडि बढाएका छन् । सो प्रसारण लाइनको आज चार्ज गरिएको प्राधिकरणले जानकारी दिएको छ । बुधबारदेखि दार्चुलाको खलङ्गा नेपालकै विद्युत् प्रणालीमा आबद्ध भएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दार्चुला सदरमुकाममा राष्ट्रिय प्रसारण प्रणाली पु¥याई आफ्नो उत्पादनबाटै विद्युत् आपूर्ति शुरु गर्नुु ठूलो उपलब्धि भएको बताउनुभयो । “अहिले दार्चुला भारतको उत्तराखण्डबाट विद्युत् आयात गरी आपूर्ति गरिरहेका थियौँ”, अब हाम्रै राष्ट्रिय प्रसारण प्रणाली पुगेपछि त्यस क्षेत्रमा आपूर्तिका लागि भारतबाट विद्युत् ल्याउनु पर्दैन कार्यकारी निर्देशक घिसिङले भने , “त्यस क्षेत्रमा निर्माण भएका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् आपूर्ति गर्छौं जसबाट भोल्टेजमा सुधार भई उपभोक्ताले विश्वसनीय र गुणस्तरीय विद्युत् प्रयोग गर्न पाउने छन् ।”

सो प्रसारण लाइनको निर्माणपछि आवश्यक परेका बेला खलङ्गाबाट भारततर्फ विद्युत् पठाउने पूर्वाधार पनि तयार भएको छ । प्राधिकरणले खलङ्गामा विद्युत् आपूर्तिका लागि उत्तराखण्डको लाली, जोलजीवी र हुटी बिन्दुबाट ११ केभी क्षमताको प्रसारण लाइनमार्फत् विद्युत् आयात गरिरहेको थियो । प्राधिकरणले विद्युत् आयात गरेबापत उत्तराखण्ड पावर कर्पोरेशन लिमिटेडलाई मासिकरुपमा करीब २५ लाख भुक्तानी गर्दै आएको थियो । प्राधिकरणका अनुसार खलङ्गा र आसपासका क्षेत्रमा आठ हजार ग्राहक छन् ।

बलाँच–खलङ्गा ३३ केभी प्रसारण लाइनअन्तर्गतको दार्चुलाको थालीगाडमा निर्माणाधीन ३३÷११ केभी सबस्टेसनको काम आगामी असारभित्र सकिने प्राधिकरणका अत्तरिया क्षेत्रीय कार्यालयका प्रमुख सतिश कर्णले जानकारी दिनुभयो । “हाल बलाँच–खलङ्गा लाइन ३३ केभीकै बनेता पनि सवस्टेशनको काम केही बाँकी रहेकाले ११ केभीमा मात्रै चार्ज गरिएको छ”, उनले भने , “आगामी असारभित्रमा सवस्टेशनको निर्माण सकिन्छ, त्यसपछि लाइन पनि ३३ केभीमै चार्च गरी खलङ्गा क्षेत्रमा विद्युत् आपूर्ति गरिनेछ ।”

नेपाल सरकार र प्राधिकरणको लगानीमा उक्त प्रसारण लाइन निर्माण भएको हो । बलाँच–खलङ्गा ३३ केभी प्रसारण लाइन निर्माण गर्न रु ८७ लाख ५० हजार मा २०७२ को चैतमा ठेक्का सम्झौता गरिएको थियो । प्रसारण लाइनको लम्बाइ २५ किलोमिटर छ । वन क्षेत्रको जग्गा प्रयोग, स्थानीयको अवरोध, जटिल भूवनोट, विकट क्षेत्रलगायतले गर्दा निर्माणमा केही ढिलाइ भएको कर्णले बताए । सवस्टेशन निर्माणका लागि रु छ करोड ८९ लाखमा २०७३ को कात्तिकमा ठेक्का सम्झौता भएको थियो ।

प्राधिकरणले ३० मेगावाटको चमेलिया जलविद्युत् केन्द्रबाट र बलाँच सवस्टेशनमा जोडिने निजी क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत् ३३ केभी प्रसारण लाइनमार्फत् खलङ्गातर्फ पठाउने छ । चमेलिया जलविद्युत् आयोजनाले निर्माण गरेको बलाँच सवस्टेशनमा मेगावाटको अपी पावरले निर्माण गरेको आठ मेगावाट क्षमताको नौगडगाड र आठ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो नौगडगाड, माथिल्लो चमेलिया ४० मेगावाट, मध्य चमेलिया १६ मेगावाट, छ दशमलव पाँच मेगावाटको खलङ्गा गाडलगायतका आयोजना जोडिने छन् । त्यहाँ जोडिएको विद्युत् चमेलियाले नै बनाएको १३१ किलोमिटर लामो बलाँच–अत्तरिया ९कैलाली० प्रसारण लाइनमार्फत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement