दसैंका लागि नयाँ नोट २१ गतेबाट, प्रतिव्यक्ति २७ हजार साट्न पाइने


काठमाडौं– नेपाल राष्ट्र बैंकले दसैंका लागि असोज २१ गतेबाट नोट वितरण गर्ने भएको छ।

राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलका अनुसार सर्वसाधारणले राष्ट्र बैंकका कार्यालयबाट प्रतिव्यक्ति २७ हजार रुपैयाँका दरले नयाँ नोट पाउनेछन्।

उनका अनुसार राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोट प्रति व्यक्ति २७ हजार रुपैयाँसम्म उपलब्ध गराउने छ।

नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकबाट पनि सर्वसाधारणका लागि नयाँ नोट वितरण गर्ने व्यवस्था मिलाएको छ।
निजी क्षेत्रका बैंकहरुलाई भने निश्चित रकम मात्र सटहीका लागि उपलब्ध गराइनेछ।

प्रतिक्रिया दिनुहोस
Advertisement