डडेल्धुरामा नेकपा एसले देउवालाई भोट नदिने, कर्ण मल्ललाई सहयोग गर्ने


काठमाण्डु- डडेल्धुरामा नेकपा एकीकृत समाजवादीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भोट नदिने भएको छ ।  सत्ता गठबन्धनका आवद्ध रहेको नेकपा एसले डडेल्धुरामा देउवालाई भोट नदिने निर्णय गरेको हो ।

डडेल्धुरामा नेकपा एसले अब कांग्रेस (बिपी) का उम्मेदवार कर्ण मल्ललाई सघाउने भएको छ ।  कांग्रेसले आफूहरूलाई प्रदेश सभामा उठ्न नदिएपछि देउवालाई भोट नदिने निर्णय गरेको एकीकृत समाजवादीका डडेल्धुराका अध्यक्ष कविन्द्र बिष्टको दावी छ ।

उनका अनुसार आफूहरूले प्रदेशसभा सिट माग गर्दा पनि नदिएकाले पार्टी जोगाउन उक्त निर्णय गरिएको हो ।  मंसिर ४ गते हुने संघ र प्रदेशसभाको निर्वाचनमा डडेल्धुरामा नेकपा माओवादी केन्द्रले देउवालाई सहयोग गर्ने भएको छ । 
 

प्रतिक्रिया दिनुहोस
Advertisement