देउवाको गृहनगरमा काँग्रेसको फराकिलो अग्रता


काठमाण्डु – डडेल्धुराको गन्यापधुरा गाउँपालिका– ४ मा नेपाली काँग्रेसले अग्रता लिएको छ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहनगर रहेको गन्यापधुरामा २ हजार तीन मत गन्दा काँग्रेसबाट गाउँपालिका अध्यक्षका उम्मेदवार ईन्द्र बहादुर कार्कीले १ हजार ३२ मतसहित अग्रता बनाएका हुन् ।

नेकपा एमाले र नेपाली काँग्रेस (बिपी)का साझा उम्मेदवार सुरेन्द्र बहादुर मालीले ४९१ मत प्राप्त गरेका छन् । गाउँपालिका ४ मा काँग्रेसका वडाध्यक्षका उम्मेदवार नरेन्द्र कुमार भट्टले ६१४ मत ल्याएर विजयी भएका छन् । त्यसैगरी एमालेका एमाले उम्मेदवार लोक राज भट्टले १८४ र माओवादीका अहिल्या कुवँर (प्रधान)ले १४९ मत पाएका छन् ।

त्यस्तै गन्यापधुरा वडा नम्बर ४ कांग्रेसबाट अध्यक्षसहितको प्यानल नै विजयी भएको छ । अध्यक्षमा एक हजार २९ मत ल्याएर कांग्रेस उम्मदेवार विजयी हुँदा एमालेका उम्मेदवारले एक सय ८४ र माओवादीका उम्मेदवारले एक सय ४९ मत प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस
Advertisement