स्याललाई हानेको गोली लागेर आफ्नै छोराको मृत्यु


काठमाण्डु- पाल्पामा स्याल मार्न चलाएको बन्दुकको गोलीले लागेर आफ्नै छोराको मृत्यु भएको छ ।

प्रहरीका अनुसार जिल्लाको रैनादेवी छहरा गाउँपालिका—६ जुठापौवाका ५६ वर्षीय कर्णबहादुर लम्तरीले हानेको गोली लागेर छोरा ३५ वर्षीय धनबहादुर लम्तरीको मृत्यु भएको हो ।

कर्णबहादुरले शुक्रबार बेलुकी भरुवा भन्दुकले मकै बारीमा आएको स्याललाई ताकेर हान्न खोज्दा घरदेखि करिब १०० मिटर टाढा मकै बारीमा रहेका धनबहादुरलाई लागेर मृत्यु भएको हो । कर्णबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement