सुतेकै ठाउँमा मृत भेटिए वडाध्यक्ष


सुर्खेत – जाजरकोट कुशे गाउँपालिका -७ का वडाध्यक्ष  मनबहादुर घर्तीको मृत्यु भएको छ । शुक्रबार राति घरमै सुतेका अध्यक्ष घर्ती बिहान मृत अवस्थामा फेला परेका हुन् ।

सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीका अनुसार उनी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट गत स्थानीय तह निर्वाचनमा जितेका थिए । घरमै सुतिरहेको अवस्थामा कसरी मृत्यु भयो भन्ने बारेमा अनुसन्धान जारी रहेको सहायक प्रजिअ अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement